सामाजिक फीड,
झापा, २८ फागुन । झापाको ज्यामिरगढीमा रहेको प्लाई उद्योगमा भीषण आगलागी भएको छ । मेचीनगर नगरपालिका–१५ स्थित भगवती प्लाइउड उद्योगमा बिहान ५ बजेदेखि आगलागी भएको हो ।
आगो अझै नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ । करिब ९ घण्टा बित्दासमेत आगलागी नियन्त्रणमा नआएपछि भारतबाट समेत दमकल झिकाइएको छ । बिहानैदेखि झापाका सबै नगरपालिका, मोरङ, इलाममा रहेका एक दर्जनभन्दा बढी दमकलहरू ल्याएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
भारतको नक्सलबारीबाट पनि दमकल झिकाइएको छ। आगलागी नियन्त्रणमा लिन स्थानीयबासी तथा सुरक्षाकर्मी खटिएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार उद्योगको कच्चा पदार्थ राखिएको खण्ड जलेर ध्वस्त भएको छ।
करिब ५ विगहामा फैलिएको उद्योग झापाकै ठूलो उद्योगमध्येको एक हो । यहाँ १ हजार ४ सय मजदुर काम गर्छन् ।