Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडाैँ, २८ फागुन । संघीय सरकारले ग्याल्पो ल्होसार भन्दै आज सार्वजनिक बिदा दिएको छ । तर, यो पर्व एक महिनाअघि अर्थात् माघ २७ मै मनाइसकिएको शेर्पा समुदायले जनाएको छ । एक महिनापछि बिदा दिइएको भन्दै नेपाल शेर्पा संघले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले त्रुटि गरेको संघका अध्यक्ष गेल्जे लामा शेर्पाको आरोप छ । भोटचन्द्र पात्रोअनुसार विज्ञलाई राखेर समितिले पात्रो बनाउनुपर्ने उनको माग छ । २१५१ औँ ग्याल्पो ल्होसार गत माघ २७ गते नै मनाइएको थियो ।

समितिको पात्रोलाई आधार मानेर नेपाल सरकारले आज बिदा दिएको हो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले भने गत वर्ष नै फागुन २८ गतेका लागि बिदा निर्धारण भएको बताए । शेर्पासम्बद्ध संघसंस्थाहरूले हिजो विज्ञप्ति नै निकालेर आपत्ति जनाइएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *