कैलाली, २८ फागुन । कैलालीको कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । सोमबार दिउँसाे चिसापानीस्थित पुलमाथि गुडिरहेको अवस्थामा ट्रकमा आगलागी भएको हो ।
ट्रकबाट आगो पुलमा समेत सल्किएको छ । लाइटर बोकेको ट्रकमा आगलागी जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जनाएका छन् । आगो निभाउने प्रयास भइरहेको छ ।