सामाजिक फीड,
काठमाडौँ, २९ फागुन । राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा राष्ट्रियसभामा रहेका सत्तापक्षीय चार दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
बैठकको अध्यक्षता गरेकी राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले मत विभाजन प्रक्रियाबाट मतदान गराउँदा दाहालले ३९ मत पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी युवराज शर्माले १७ मत पाए । राष्ट्रिय जनमोर्चाका एक सांसदले कुनै पक्षलाई मत दिएनन् । ५६ सांसद् बैठकमा उपस्थित थिए ।
दाहाललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसद्हरूले मत दिएका थिए ।