प्रश्नपत्र आउट गरेको आरोपमा एक छात्रा पक्राउ

सामाजिक फीड, सिरहा, १६ चैत्र । माध्यमिक शिक्षा परीक्षा एसईईको प्रश्नपत्र बाहिरिएपछि प्रहरीले एक परीक्षार्थीलाई नियन्त्रणमा लिएको छ । शुक्रबार नेपाली विषयको प्रश्नपत्र गोलबजारस्थित जनता मावि परीक्षा केन्द्रबाट बाहिरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिएका हुन् । प्रहरीले सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई नियन्त्रणमा लिएको पनि दाहालले जानकारी दिए । गोलबजार […]
प्राधिकरणले सडक वतिको महसुल नतिर्ने स्थानीय तहलाई दिए लाइन काट्ने चेतावनी

सामाजिक फीडजनकपुरधाम, चैत्र १६ गते । नेपाल विद्युत प्राधिकरणले सडक बत्ती बाले वापतको महशुल नतिर्ने स्थानीय तहलाई विद्युतको लाइन काट्ने चेतावनी दिएको छ। प्राधिकरणले शुक्रबार एक सूचना प्रकाशन गरेर विभिन्न स्थानीय तहहरूले सडक बत्ती बालेको तर त्यसबापत उठेको बिजुलीको महशुल नबुझाएको बताउँदै यथाशिघ्र महशुल बुझाउन ताकेता गरेको हो। प्राधिकरणका अनुसार सडकबत्ती बालेबापत ६ अर्ब रूपैयाँ […]
सर्लाहीका १० परीक्षा केन्द्रका निरीक्षक निष्काशित

सामाजिक फीड, सर्लाही, १५ चैत्र । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अमर्यादित क्रियाकलाप गरेको आरोपमा सर्लाहीमा १० परीक्षा निरीक्षक निष्काशनका परेका छन् । आजबाट सुरु भएको एसईई परीक्षामा मर्यादा कायम नगरेको आरोपमा कारबाहीस्वरूप उनीहरूलाई निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिएका हुन् । गोडैता […]
अमेरिकामा एक युवकको चक्कु प्रहारबाट चार जनाको हत्या, ७ घाइते

सामाजिक फीडजनकपुरधाम , चैत्र १५ गते । अमेरिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनाको हत्या गरेका छन् । इलिनोइस राज्यमा भएको उक्त आक्रमणमा परी सात जना घाइते समेत भएका छन् । एक जना २२ वर्षीय युवकले चक्कु प्रहार गर्दा उक्त घटना भएको राकफोर्ड शहरका प्रहरी प्रमुख कार्ला रेडले बताए । चक्कु प्रहारबाट दुई […]
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दाको दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरु माथि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरिएको आरोप छ। मुद्दामा पूर्व अध्यक्षद्वय झा, पुरुषोत्तम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल र बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा, र अच्यूतानन्द […]
राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा

सामाजिक फीड, काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । उपाध्यक्ष अर्यालले बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा दिएकी हुन् । नयाँ गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष नेकपा माओवादी केन्द्रले पाउने र उपाध्यक्ष एमालेले पाउने समझदारी बनेको थियो । साेही समझदारीअनुसार उनले पदबाट राजीनामा दिएकी हुन् । गत वर्ष माघ २७ गते भएको चुनावमा राष्ट्रियसभाको […]
सर्लाहीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सामाजिक फीडजनकपुरधाम, चैत्र १५ गते । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुदा एकयुवकको मृत्यु भएको छ। बिहीबार बिहान करिब साढे ३ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९ नयाँ रोडमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएका छन् । दुर्घटनामा चालकको मृत्यु हुँदा मोटरसाइकलमा सवार अर्का एक युवक गम्भीर घाइते भएको सर्लाही प्रहरीले जनाएको छ। […]
रौतहटमा घरायसी झगडामा श्रीमान्ले गरे श्रीमतिको हत्या

सामाजिक फीडजनकपुरधाम, चैत्र १५ गते । रौतहटमा श्रीमान्ले हँसिया प्रहार गरि श्रीमतिको हत्या गरेका छन । वृन्दावन नगरपालिका १ मा बुधबार घरायसी झगडाका कारण श्रीमान्ले श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ । वृन्दावनको बलरी गाउँस्थित तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले हँसियाले गर्धनमा प्रहार गर्दा श्रीमती ३५ वर्षीया सोतीमाया वाइबाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी […]
कर्जन्हाका पूर्वमेयर गंगा पासवानसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक फीड, काठमाडौँ, १४ चैत्र । सिरहाको कर्जन्हा नगरपालिकाकाका तत्कालीन नगर प्रमुख गंगा पासवानसहित पाँच जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालनी नगर प्रमुख पासवान, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा प्रशासनिक भवन निर्माणका […]
रमेश खरेलद्वारा रास्वपा परित्याग

सामाजिक फीड, काठमाडौँ, १४ चैत। पूर्वडीआईजीसमेत रहेका नेता रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका छन् । नेता खरेलले बुधबार राजीनामा बुझाएका हुन् । गत चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए । यसलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण […]