Samajik Feed – News Portal from Nepal

जसपाबाट उपेन्द्र यादव स्वास्थ्य र नवल किशोर वनमन्त्री बन्दै, आजै सपथको तयारी

समाजिक फीड जनकपुरधाम, फागुन २४ गते । सरकारमा जाने निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव र सांसद नवल किशोर साह सुडी मन्त्री बन्न लागेका हुन् । केन्द्रीय कार्यकारिणी समितिको बिहीबार बिहान बसेको बैठकले मन्त्रीहरूको टुंगो लगाएको हो। अध्यक्ष यादव बारा निर्वाचन क्षेत्र नम्बर २ […]

अपहरणमा परेका ४ वर्षीय बालकको उद्धार, आरोपी पक्राउ

सामाजिक फीड, सर्लाही, २४ फागुन । सर्लाहीको सङ्ग्रामपुरबाट अपहरणमा परेका बालकको सकुशल उद्धार गरिएको छ । बुधबार अपहरणमा परेका पर्सा गाउँपालिका वडा नम्बर–२ सङ्ग्रामपुरका ४ वर्षीय अंकितकुमार राम अपहरणमुक्त भएका हुन् । प्रहरीले अपहरणमा संलग्न भारतको सितामढीका २७ वर्षीय अताबुल अन्सारीलाई पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धक कसुरमा म्याद लिएर अभियुक्तमाथि अनुसन्धान भइरहेको […]

सुनको भाउले बनायो नयाँ रेकर्ड,तोलाको १ लाख २५ हजार रुपैयाँ पुग्यो

सामाजिक फीडजनकपुरधाम, फागुन २४ गते । नेपाली बजारमा सुनको भाउ दिनदिनै नयाँ रेकर्ड कायम गरेको छ।सुनको भाउ मंगलबार र बुधबारको तुल्नामा आज उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख २५ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला एक लाख २३ […]

मधेस प्रदेश : चोरीको ट्रकसहित चालक, सहचालक प्रहरीको नियन्त्रणमा

सामाजिक फीड जनकपुरधाम , फागुन २४ गते । प्रहरीले सर्लाहीबाट चोरीको ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला सर्लाही लालबन्दी(६ जनवादी चोकस्थित पूर्व(पश्चिम राजमार्गमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट चोरीको बिआर। ०६ जिए ५१८८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधि ज्ञवालीले ट्रकको कागजपत्र चेक गर्दा उक्त […]

बाराबाट नक्कली नोटसहित एक जना पक्राउ

सामाजिक फीडजनकपुरधाम , फागुन २४ गते । प्रहरीले बाराबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । बारा, महागढीमाई नगरपालिका- ९ कञ्चनपुर बस्ने वर्ष ३५ को राम विनय सहनीलाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले सिम्रौनगढ नगरपालिका( ४ स्थित हरिहरपुरबाट सिम्रौनगढतर्फ आउदै गरेको बि आर ०५ जे २१८१ […]

मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

सामाजिक फीड, काठमाडौँ, २३ फागुन । प्रचण्ड सरकारमा नवनियुक्त १६ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको समारोहका राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री, पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री, हरि उप्रेती रक्षामन्त्री, भगवती […]

प्रदेश सरकारको ग्यारेन्टी नभएसम्म संघीय सरकारमा जाँदैनाैँ: जसपा

सामाजिक फीड, काठमाडौँ, २३ फागुन । जसपाले मधेश प्रदेश सरकारको ग्यारेन्टी नभएसम्म संघीय सरकारमा नजाने स्पष्ट पारेको छ । बुधबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा मधेश प्रदेश सरकारको विषयमा कुरा नमिलेका कारण जसपा तत्काल संघीय सरकारमा नजाने भएको हो । जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरू अहिले छलफलमा नै रहेको र कुनै निष्कर्ष नआएको बताएका छन् । […]

भन्सार छली गरेर ल्याएको ट्रकसहित दुई जनालाई पक्राउ

सामाजिक फीडजनकपुरधाम,फागुन २३ गते । सर्लाही प्रहरीले भन्सार छली गरेर ल्याएको ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मोतिहारी नाथा मधुवन वडा नं.१ बस्ने ट्रकका चालक २४ वर्षीय पप्पुकुमार यादव र सहचालक मधुवन २ का २४ वर्षीय कुन्दनप्रसाद कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मंगलबार राति करिब ११ […]

एमालेबाट ८ जना मन्त्री बन्दै, तीनजना मधेश प्रदेशकै

सामाजिक फीडजनकपुरधाम, फागुन २३ गते । नेकपा एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको समेत नाम टुंगो लगाएको हो । एमालेले सरकारमा ८ मन्त्रालय पाउनेछ । महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । उनीसँगै मधेश प्रदेशबाट तीनजना सांसद मन्त्री बन्ने भएका छन् […]

मन्त्रालय भागबन्डामा यस्तो छ अहिलेसम्मको सहमति

सामाजिक फीड, काठमाडाैँ, २३ फागुन । नयाँ सत्ता गठबन्धनले मन्त्रालय भागबन्डा करिब–करिब टुंग्याएको छ । बुधबार बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र मन्त्री बनाउने गरी सहमति जुटाएको छ । त्यस्तै अर्थमन्त्री वर्षमान पुनलाई दिने निर्णय भएको छ । माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने […]