सामाजिक फीड
जनकपुरधाम, फागुन २३ गते ।
नेकपा एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।
सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको समेत नाम टुंगो लगाएको हो ।
एमालेले सरकारमा ८ मन्त्रालय पाउनेछ । महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् ।
उनीसँगै मधेश प्रदेशबाट तीनजना सांसद मन्त्री बन्ने भएका छन् ।
महासेठ धनुषाका हुन भने हरी उप्रेती सर्लाही र ज्वालाकुमारी साह बाराबाट निर्वाचित सांसद भएका हुन् ।
पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् ।
अब दामोदर भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।
उनीहरुलाई आजै साँझ पाँच बजे सपथ खुवाउने तयारी छ । महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।