Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, फागुन २४ गते ।

सरकारमा जाने निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव र सांसद नवल किशोर साह सुडी मन्त्री बन्न लागेका हुन् । केन्द्रीय कार्यकारिणी समितिको बिहीबार बिहान बसेको बैठकले मन्त्रीहरूको टुंगो लगाएको हो।

अध्यक्ष यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव जितेका हुन् भने सुडी सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका सांसद हुन् ।

अध्यक्ष यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा सुडी वनमन्त्री बन्ने पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

जसपाले स्वास्थ्य राज्यमन्त्री पनि पाउने टुंगो लागेको छ। त्यसमा दीपक कार्कीको नाम चर्चामा रहेको उनले बताए।

‘त्यसमा महिला पठाउने कि भनेर पनि छलफल भइरहेको छ,’ उनले भने।

आजै ती मन्त्रीहरुको शपथको सम्भावना रहेको पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *