सामाजिक फीड,
काठमाडौँ, २३ फागुन । जसपाले मधेश प्रदेश सरकारको ग्यारेन्टी नभएसम्म संघीय सरकारमा नजाने स्पष्ट पारेको छ ।
बुधबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा मधेश प्रदेश सरकारको विषयमा कुरा नमिलेका कारण जसपा तत्काल संघीय सरकारमा नजाने भएको हो । जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरू अहिले छलफलमा नै रहेको र कुनै निष्कर्ष नआएको बताएका छन् ।
आफूहरूको बटमलाइन मधेश प्रदेश सरकार रहेको जसपाका कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले स्पष्ट पारेका छन् । चार दलबीचको सहमतिमा जसपा अध्यक्ष यादवले हस्ताक्षर गरे पनि आज भएको मन्त्रिपरिषद् विस्तारमा पार्टीले मन्त्रीको नाम पठाएन ।