Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडाैँ, २३ फागुन । नयाँ सत्ता गठबन्धनले मन्त्रालय भागबन्डा करिब–करिब टुंग्याएको छ । बुधबार बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र मन्त्री बनाउने गरी सहमति जुटाएको छ । त्यस्तै अर्थमन्त्री वर्षमान पुनलाई दिने निर्णय भएको छ ।

माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने भएको छ । त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतले निरन्तरता पाउँदा हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।

नेकपा एमाले भने पार्टीका सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा सामेल हुने भएको छ ।

उनलाई उपप्रधान तथा भौतिक पूर्वाधार दिने सहमति जुटेको छ । एमालेबाट ७ जना मन्त्री सरकारमा सहभागी हुनेछन् । यता, रास्वपाले चार मन्त्रालय लिने भएको छ ।

सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद, डोलप्रसाद अर्याल (डिपी) श्रममन्त्री बन्ने भएका छन् । गत सोमबार एमालेबाट पदम गिरी, रास्वपाबाट अर्याल र माओवादीबाट हितबहादुर तामाङ मन्त्री भइसकेका छन् । हाल उनीहरू बिनाविभागीय मन्त्री छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *