Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

सर्लाही, २४ फागुन । सर्लाहीको सङ्ग्रामपुरबाट अपहरणमा परेका बालकको सकुशल उद्धार गरिएको छ । बुधबार अपहरणमा परेका पर्सा गाउँपालिका वडा नम्बर–२ सङ्ग्रामपुरका ४ वर्षीय अंकितकुमार राम अपहरणमुक्त भएका हुन् ।

प्रहरीले अपहरणमा संलग्न भारतको सितामढीका २७ वर्षीय अताबुल अन्सारीलाई पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धक कसुरमा म्याद लिएर अभियुक्तमाथि अनुसन्धान भइरहेको छ ।

कुरकुरे किन्न गएका बेला बालक अपहरणमा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *