Samajik Feed – News Portal from Nepal

मधेश प्रदेशमा बढ्न थाले गर्मी

समाजिक फीडजनकपुरधाम, चैत्र ५ गते । मधेश प्रदेशमा केही दिनदेखि गर्मी बढिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुन शुरु भएसँगै तापक्रम बढ्ने गर्छ । मार्चको पहिलो हप्ता अर्थात फागुनको अन्तिमदेखि नै तापक्रम बढ्न थालेको हो । तराईका धेरै ठाउँको तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबार जनकपुरको तापक्रम ३५.२ डिग्री सेल्सियस, धरानको […]

माओवादीका उपाध्यक्ष महरा पक्राउ

सामाजिक फीड, काठमाडाैँ, ५ चैत्र । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन प्रकरणमा छानबिनका लागि उपाध्यक्ष महरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार बिहान उनलाई कपिलबस्तुबाट पक्राउ गरिएको हो । इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ । ६० किलो सुन तस्करी र ९ किलो […]

बाबुराम पक्षले खारेज गर्‍यो नेसपाका अध्यक्ष महेन्द्र यादव पक्षले माओवादीसँग गरेको एकता

समाजिक फीड जनकपुरधाम, चैत ४ गते । नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले माओवादीसँग गरेको पार्टी एकता खारेज गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकले यस्तो निर्णय गरेको भट्टराईको सचिवालयको भनाइ छ । नेसपा दोस्रो वर्यताका अर्का अध्यक्ष महिन्द्रराय […]

महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृतसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक फीड, काठमाडौँ, ४ चैत । अख्तियारले महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको अभियोगमा आइतबार अख्तियारले विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले डिभिजनल वन अधिकृत साहसहित तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर, रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका […]

पोखरा ‘पर्यटनको राजधानी’ घोषणा

सामाजिक फीड, कास्की, ४ चैत । पर्यटकीय शहर पोखरा नेपालको पर्यटनको राजधानी घोषित भएको छ । आइतबार पोखरामा भएको समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई ‌‌औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा गरेका हुन् । उनले रिमोटबाट पर्यटकीय राजधानीको लोगो अनावरण गरे । पर्यटन राजधानी घोषणाका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरले निरन्तर दबाब सिर्जना गर्दै आएका […]

नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

समाजिक फीड जनकपुरधाम, चैत ४ गते । नेपाल नर्सिङ परिषद्ले लिएको पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ । शनिवार भएको उक्त परिक्षामा कुल ७० प्रतिशत उत्तीर्ण भएको हो । पीसीएलतर्फ परीक्षामा सहभागी भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना (७१.२७) प्रतिशत उत्तीर्ण भएका छन् । यता,बीएस्सी […]

आइतबार पनि घट्यो सुनको,कतिमा हुँदैछ कारोबार?

समाजिक फीडजनकपुरधाम, चैत्र ४ गते । आइतबार पनि नेपाली बजारमा सुनको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन […]

माओवादी उपाध्यक्ष महरामाथि छानबिन हुने

सामाजिक फीड, काठमाडौँ, ४ चैत्र । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादर महरामाथि कारबाही प्रक्रिया अगाडि बढ्ने भएको छ । आइतबार गृह र सुरक्षा प्रशासनका अधिकारीहरूलाई कार्यकक्षमै बोलाएर गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरणमा महरा लगायतमाथि कारबाही प्रकृया अघि बढाउन निर्देशन दिएका हुन् । गत चैत १ गते विद्युती चुरोट (भेप) भित्र ९ किलो सुन लुकाएर तस्करी […]

जसपाकी प्रतिनिधिसभा सांसद् अन्सारीको निधन

सामाजिक फीड, काठमाडौँ, ४ चैत्र । जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सांसद् रहेकी मञ्जु शर्मा अन्सारीको निधन भएको छ । ६० वर्षीय सांसद् अन्सारीको उपचारका क्रममा काठमाडाैँस्थित सिभिल अस्पतालमा निधन भएको हो । उनी जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य पद भएकी थिइन् । प्रतिनिधिसभा सदस्य शहनाज रहमानको २०७९ फागुन […]

टेलर्समा आगलागी हुँदा ३० लाखको क्षति

सप्तरी, ३ चैत । सप्तरीको राजविराजस्थित एक टेलर्समा आगलागी भएको छ । शनिबार रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आगलागी भएको हो । आगलागीबाट टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चार वटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका कपडासहित करिब ३० लाखको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले जानकारी दिएका छन् । […]