सामाजिक फीड,
काठमाडाैँ, ५ चैत्र । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन प्रकरणमा छानबिनका लागि उपाध्यक्ष महरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान उनलाई कपिलबस्तुबाट पक्राउ गरिएको हो । इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ । ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।
आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरोमा पुगेको छ । यसअघि सीआईबीले महरालाई ९ किलो सुन प्रकरणमा बयान कागजमात्रै गराएर छाडेको थियो ।
उनका छोरा राहुल महरा भने पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् । आइतबार मात्रै गृहमन्त्री रवि लामिछानेले सुन काण्डमा आयोले दिएको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।