सप्तरी, ३ चैत । सप्तरीको राजविराजस्थित एक टेलर्समा आगलागी भएको छ । शनिबार रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आगलागी भएको हो ।
आगलागीबाट टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चार वटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका कपडासहित करिब ३० लाखको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले जानकारी दिएका छन् ।
आगलागीको कारण खुलेको छैन । स्थानीयवासी, प्रहरी र वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो ।