सामाजिक फीड,
काठमाडौँ, ४ चैत्र । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादर महरामाथि कारबाही प्रक्रिया अगाडि बढ्ने भएको छ । आइतबार गृह र सुरक्षा प्रशासनका अधिकारीहरूलाई कार्यकक्षमै बोलाएर गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरणमा महरा लगायतमाथि कारबाही प्रकृया अघि बढाउन निर्देशन दिएका हुन् ।
गत चैत १ गते विद्युती चुरोट (भेप) भित्र ९ किलो सुन लुकाएर तस्करी गरिएको प्रकरणमा महराको संलग्नता देखिने प्रमाण सार्वजनिक भएका थिए । महरालाई सुन अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, अघिल्लो प्रचण्ड सरकारले उपाध्यक्ष महरालाई उन्मुक्ति दिएको थियो ।
सोही प्रकरणमा महरापुत्र राहुल महरा पुर्पक्षका लागि हाल जेलमा छन् । गृहमन्त्री लामिछानेले समितिको सिफारिस बमोजिम महरा, अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलगायत संलग्न देखिएका सबैमाथि कारबाही थाल्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।