समाजिक फीड
जनकपुरधाम, चैत ४ गते ।
नेपाल नर्सिङ परिषद्ले लिएको पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
शनिवार भएको उक्त परिक्षामा कुल ७० प्रतिशत उत्तीर्ण भएको हो ।
पीसीएलतर्फ परीक्षामा सहभागी भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना (७१.२७) प्रतिशत उत्तीर्ण भएका छन् ।
यता,बीएस्सी नर्सिङ तर्फ ४४५ सहभागी भएकोमा २६८ जना अर्थात ६०.२२ प्रतिशत उत्तीर्ण भएका छन् ।
यी दुबै तहको कुल उत्तीर्ण प्रतिशत एकीकृत गर्दा भने ७०.२९ रहेको हो ।