सामाजिक फीड,
कास्की, ४ चैत । पर्यटकीय शहर पोखरा नेपालको पर्यटनको राजधानी घोषित भएको छ । आइतबार पोखरामा भएको समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा गरेका हुन् ।
उनले रिमोटबाट पर्यटकीय राजधानीको लोगो अनावरण गरे । पर्यटन राजधानी घोषणाका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरले निरन्तर दबाब सिर्जना गर्दै आएका थिए ।
प्रदेशले योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा विशेष अध्ययन समिति गठन गरेको थियो । समितिले तयार पारेको विभिन्न सूचकका आधारमा पर्यटन राजधानी घोषणा गर्न सिफारिस गरिएको थियो ।