Samajik Feed – News Portal from Nepal

टिकटक बन्द नगर्ने इन्टरनेट कम्पनीलाई कारबाही गर्न जसपाका सांसद प्रदिप यादवको माग

समाजिक फीडजनकपुरधाम ,फागुन १८ गते जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदिप यादवले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकहरूलाई कारबाहीको माग गरेका छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले सरकारले बन्द गर्ने निर्णय गरे पनि केही इन्टरनेट सेवा प्रदायकले बन्द अझै खुला छाडेको बताएका हुन्। ‘केही समयअघि सरकारले टिकटकमा प्रतिबन्ध लगायो। […]

त्रिकोणात्मक टी-२०: नेपालद्वारा नामिबिया पराजित

सामाजिक फीड, काठमाडाैँ, १८ फागुन । त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो । आफ्नो तेस्रो खेलमा नामिबियालाई हराएको नेपालले फाइनल प्रवेशको सम्भावना जिवितै राखेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा […]

जनमत पार्टीले केन्द्रीय समिति बैठक डाक्यो

सामाजिक फीड, काठमाडौँ, १८ फागुन । चैत ३ र ४ गते जनमत पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । जनमत पार्टीको केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समितिको बैठक बोलाइएको हो । पर्साको वीरगञ्जमा बस्ने बैठकमा सरकारको समीक्षालगायत संगठन विस्तारको विषयमा छलफल हुने पार्टीले जनाएको छ । त्यस्तै सचिवालयमा प्रस्तुत भएको पार्टी […]

धनुषामा लापरबाहीको नमूना : जमुनी नदीमा ४ वटा पुल बनाउँदा सरकारी पक्षको चरम बदमासी

समाजिक फीड जनकपुरधाम, फागुन १८ गते । नेपाल भारत सिमामा पर्ने धनुषास्थित जमुनी नदीमा निर्माण भइरहेको चारवटा पुल अलपत्र पर्दा सर्वसाधारणलाई सास्ती खेप्नु परेको छ । मुखियापट्टी मुसहरनियाँ गाउँपालिका र नगराइन नगरपालिकामा निर्माण सुरु गरिएको पुल अलपत्र पर्र्दा सर्वसाधारणले हैरानीका भोग्नुका साथै वर्षा याममा खतरा मोलेर नदी आरपार गर्नुपरेको हो । सीमावर्ती क्षेत्रका बासिन्दालाई नदी […]

किशोरीलाई बलात्कारको अभियोगमा एक जना पक्राउ

सामाजिक फीड, मोरङ, १८ फागुन । किशोरीलाई बलात्कार गरेको अभियोगमा मोरङको बेलबारीमा एक युवक पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई मंगलबार आफ्नै घरमा बलात्कार गरेको आरोपमा बेलबारी–२ का २२ वर्षीय अविशेक श्रेष्ठलाई पक्राउ गरिएको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ । samajik_feedsamajikfeed.com

आगलागी हुँदा जलेर एक जनाको मृत्यु

सामाजिक फीड, बर्दिया, १८ फागनु । बर्दियाको मैनवारस्थित एक गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । गएराति ठाकुरबाबा नगरपालिका–४ मैनवारस्थित गोठमा आगलागी भएपछि पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्ष्मीराज जैसीको जलेर मृत्यु हो । उनको शव परीक्षणका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको छ । samajik_feedsamajikfeed.com

मधेश प्रदेशः स्रोत नखुलेको १४ लाखसहित एकजना पक्राउ

सामाजिक फीड जनकपुरधाम, फागुन १८ गते । सर्लाहीमा प्रहरीले स्रोत नखुलेको १४ लाखभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नं। १४ का ४६ वर्षीय धनबहादुर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पजियार थारुका अनुसार बिहीबार दिउँसो लालबन्दी १४ स्थित […]

बंगलादेशको एक भवनमा आगलागी, ४५ जनाको मृत्यु

बंगलादेश । बंगलादेशको ढाकास्थित एक भवनमा आगलागी हुँदा ४५ जनाको मृत्यु भएको छ । बिहीबार ६ तले भवनमा आगलागी हुँदा ठूलो जनधनको क्षति भएको हो । भवनमा रहेको बिर्यानी रेस्टुरेन्टमा ग्याँस लिक भएर सुरु भएको आगलागी केहीबेरमै भवनभरि फैलिएको थियो । अन्य २२ जना गम्भीर घाइते भएका छन् । उनीहरूको ढाका मेडिकल कलेजमा उपचार भइरहेको […]

सुन–चाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

सामाजिक फीडजनकपुरधाम, फागुन १८ गते । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी […]

बाघको आक्रमणमा परेर एक जना सख्त घाइते

सामाजिक फीडवीरगञ्ज , फागुन १८ गते । पर्सामा बाघको आक्रमणमा परेर एकजना सख्त घाइते भएका छन् । पटेर्वासुगौली गाउँपालिका २ लक्ष्मिपुरमा बाघको आक्रमणमा परेर स्थानीय २२ वर्षीय सरोजप्रसाद अधिकारी घाइते भएका हुन् । आफ्नो घर जाँदै गरेको अवस्थामा बिहीबार उनलाई जंगलबाट बगैँचामा आएको बाघले आक्रमण गर्दा सख्त घाइते बनाएको वडा नम्बर २ का वडाध्यक्ष विजय […]