Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, १८ फागुन । चैत ३ र ४ गते जनमत पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । जनमत पार्टीको केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समितिको बैठक बोलाइएको हो ।

पर्साको वीरगञ्जमा बस्ने बैठकमा सरकारको समीक्षालगायत संगठन विस्तारको विषयमा छलफल हुने पार्टीले जनाएको छ । त्यस्तै सचिवालयमा प्रस्तुत भएको पार्टी अध्यक्ष डा. सीके राउतको राजनीतिक प्रतिवेदनबारे छलफल हुनेछ ।

संघीय सरकारलाई निरन्तरता दिने/नदिने विषयमा पनि छलफल हुनेछ । २०८१ जेठ १५ गते गणतन्त्र दिवसका दिन काठमाडौँमा शक्ति प्रदर्शन गर्ने तयारीसमेत जनमत पार्टीले गरिरहेको छ । त्यसको तयारीका बारेमा समेत बैठकमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *