सामाजिक फीड,
काठमाडाैँ, १८ फागुन । त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो ।
आफ्नो तेस्रो खेलमा नामिबियालाई हराएको नेपालले फाइनल प्रवेशको सम्भावना जिवितै राखेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा आठको क्षतिमा एक सय ८० रन बनाएको थियो ।
जवाफी ब्याटिङमा नामिबियाले निर्धारित ओभरमा सात विकेटको क्षतिमा एक सय ७७ रन मात्र बनाउन सक्यो ।
नेपालले पहिलो खेलमा नामिबिया र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो । अब शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ । शनिबार नेपालले नेदरल्यान्ड्सलाई पराजित गरे वा नामिबियामाथि नेदरल्यान्ड्सले आइतबार जित निकाले नेपाल फाइनलमा स्थान बनाउनेछ । फाइनल मंगलबार हुनेछ ।