मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीद्वारा पदभार ग्रहण

सामाजिक फीड, जनकपुरधाम, ५ चैत्र । मधेश प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीले पदभार ग्रहण गरेकी छिन् । सोमबार जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा भण्डारीले पदभार ग्रहण गरेकी हुन् । संघीय मन्त्रिपरिषद्को फागुन २८ गते बसेको बैठकले मधेश, गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम मधेशमा भण्डारी नियुक्त भएकी हुन् […]
मधेश सरकारमा एमाले पनि सामेल, सरोज यादव बने भौतिक पुर्वाधारमन्त्री

समाजिक फीड जनकपुरधाम, चैत ५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रीपरिषद विस्तार गरेका छन् । नेकपा एमालेलाई सरकारमा सहभागी गराएर उनले मन्त्रीपरिषद विस्तार गरेका हुन् । एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीले भौतिक पुर्वाधार विकासमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री सरोजकुमार यादवकै सरकारमा यसअघि पनि उनी भौतिक पुर्वाधारमन्त्री बनेका थिए । […]
मधेश स्वास्थय विज्ञान प्रतिष्ठानका उपकुलपति डा.अंकुर साहले लिए पद तथा गोपनियताको शपथ

सामाजिक फीडजनकपुरधाम, चैत ५ गते । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा.अंकुर साहले पद तथा गोपनियताको शपथ लिएका छन् । कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई शपथ खुवाएका हुन् । मुख्यमन्त्री यादवले नवनियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम गर्न समेत निर्देशन दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरेन्द्रप्रसाद सिंहले डा साहको कार्यकाल अब्बल र […]
जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

सामाजिक फीड, दाङ, ५ चैत्र । दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बबई–१ भागोदुलास्थित गंगटे भन्ने स्थानबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको लु. १ ज १४२७ नम्बर दुर्घटना हुँदा अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा बबई गाउँपालिका– १ का ४५ वर्षीय जितबहादुर बुढाको मृत्यु भएको छ । उनको उपचारका […]
वीरगञ्जबाट एक हुण्डी कारोबारी पक्राउ

सामाजिक फीड, काठमाडौँ, ५ चैत्र । पर्साको वीरगञ्जबाट एक हुण्डी कारोबारी पक्राउ परेका छन् । प्रहरीले नगद र डेढ दर्जन चेकबुकसहित धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ का रामबाबु साह कलवारलाई पक्राउ गरेको हो । उनलाई वीरगञ्ज महानगरपालिका-१६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कलवारबाट हजार रुपैयाँ दरका नेपाली नोट ३३५ थान, ५०० […]
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

सामाजिक फीडजनकपुरधाम,चैत्र ५ गते । नेपाली बजारमा सामेबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन […]
मधेश प्रदेशमा बढ्न थाले गर्मी

समाजिक फीडजनकपुरधाम, चैत्र ५ गते । मधेश प्रदेशमा केही दिनदेखि गर्मी बढिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुन शुरु भएसँगै तापक्रम बढ्ने गर्छ । मार्चको पहिलो हप्ता अर्थात फागुनको अन्तिमदेखि नै तापक्रम बढ्न थालेको हो । तराईका धेरै ठाउँको तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबार जनकपुरको तापक्रम ३५.२ डिग्री सेल्सियस, धरानको […]
माओवादीका उपाध्यक्ष महरा पक्राउ

सामाजिक फीड, काठमाडाैँ, ५ चैत्र । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन प्रकरणमा छानबिनका लागि उपाध्यक्ष महरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार बिहान उनलाई कपिलबस्तुबाट पक्राउ गरिएको हो । इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ । ६० किलो सुन तस्करी र ९ किलो […]
बाबुराम पक्षले खारेज गर्यो नेसपाका अध्यक्ष महेन्द्र यादव पक्षले माओवादीसँग गरेको एकता

समाजिक फीड जनकपुरधाम, चैत ४ गते । नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले माओवादीसँग गरेको पार्टी एकता खारेज गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकले यस्तो निर्णय गरेको भट्टराईको सचिवालयको भनाइ छ । नेसपा दोस्रो वर्यताका अर्का अध्यक्ष महिन्द्रराय […]
महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृतसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक फीड, काठमाडौँ, ४ चैत । अख्तियारले महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोगमा आइतबार अख्तियारले विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले डिभिजनल वन अधिकृत साहसहित तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर, रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका […]