Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

दाङ, ५ चैत्र । दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बबई–१ भागोदुलास्थित गंगटे भन्ने स्थानबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको लु. १ ज १४२७ नम्बर दुर्घटना हुँदा अन्य ६ जना घाइते भएका छन् ।

दुर्घटनामा बबई गाउँपालिका– १ का ४५ वर्षीय जितबहादुर बुढाको मृत्यु भएको छ । उनको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जनाएका छन् ।

जिप अन्दाजी ३५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *