Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, ५ चैत्र । पर्साको वीरगञ्‍जबाट एक हुण्डी कारोबारी पक्राउ परेका छन् । प्रहरीले नगद र डेढ दर्जन चेकबुकसहित धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ का रामबाबु साह कलवारलाई पक्राउ गरेको हो ।

उनलाई वीरगञ्‍ज महानगरपालिका-१६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कलवारबाट हजार रुपैयाँ दरका नेपाली नोट ३३५ थान, ५०० दरका नोट ६८२ थान र भारतीय प्रतिबन्धित ५०० दरका नोट ५६ थान बरामद् भएको पनि प्रहरीले जनाएको छ ।

कलवारको साथबाट ६ लाख ८२ हजार नेपाली रुपैयाँ, २८ हजार भारु र विभिन्न बैंकका १९ वटा चेक बरामद् भएको छ । कलवारलाई प्रहरीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन–२०७३ विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *