Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत ५ गते ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा.अंकुर साहले पद तथा गोपनियताको शपथ लिएका छन् ।

कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई शपथ खुवाएका हुन् ।

मुख्यमन्त्री यादवले नवनियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम गर्न समेत निर्देशन दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरेन्द्रप्रसाद सिंहले डा साहको कार्यकाल अब्बल र सोचेभन्दा राम्रो होस् भनी शुभकामना व्यक्त गरे।
डा। राम केवल साहको मृत्यु भएको महिनौपछि प्रदेश सरकारले डा. अंकुरलाई उपकुलपति नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *