सामाजिक फीड,
जनकपुरधाम, ५ चैत्र । मधेश प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीले पदभार ग्रहण गरेकी छिन् । सोमबार जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा भण्डारीले पदभार ग्रहण गरेकी हुन् ।
संघीय मन्त्रिपरिषद्को फागुन २८ गते बसेको बैठकले मधेश, गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम मधेशमा भण्डारी नियुक्त भएकी हुन् ।
उनी नेकपा एमालेनिकट रहेकी छिन् । यसअघि मधेश प्रदेश प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट हरिशंकर मिश्र नियुक्त थिए ।