मधेश प्रदेशका पाँचसहित सात एसपीको सरुवा, धनुषामा तिवारी

काठमाडौँ, २४ चैत । प्रहरी प्रधान कार्यालयले धनुषासहित ७ जिल्लाका एसपीको काज सरुवा गरेको छ । मधेश प्रदेशका ५ जिल्लामा अवधि नपुग्दै जिल्ला इन्चार्जहरूलाई फिर्ता बोलाइएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्कीलाई पठाइएको छ । त्यहाँ कार्यरत सुवास बोहरालाई फिर्ता बोलाइएको छ । नुवाकोटमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ । बारामा महेन्द्र खड्का, […]
भ्रष्टाचार मुद्दामा सप्तरीको विष्णुपुरका अध्यक्ष यादवले पाए सफाइ

सामाजिक फीड, सप्तरी, २३ चैत्र । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवलाई विशेष अदालतले सफाइ दिएको छ । अख्तियारले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले अध्यक्ष यादवलाई सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायण सिंह राई तथा मुरारीबाबु श्रेष्ठको इजलासले अध्यक्ष यादवसहित लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई […]
टेलिश्रृंखला रामायणकी ‘सीता’ काठमाडाैँमा

सामाजिक फीड, काठमाडौँ, २३ चैत्र । चर्चित टेलिश्रृंखला रामायणमा सीताको भूमिका निर्वाह गर्ने अभिनेत्री दीपिका चिखलिया नेपाल भ्रमणमा आएकी छन् । उनी शुक्रबार जनजाति कल्याण आश्रमको १४ औँ वार्षिकोत्सवमा सहभागी हुन काठमाडौँ आएकी हुन् । शनिबार आर्मी अफिसर्स क्लबमा हुने कार्यक्रममा उनी सहभागी हुने बताइएको छ । samajik_feedsamajikfeed.com
नेपाल आइडल सिजन–२ विजेता ओडविरुद्ध श्रीमतीद्वारा वैवाहिक करणीको उजुरी

धनगढी, २३ चैत्र । गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको उजुरी दर्ता भएको छ । नेपाल आइडल सिजन–२ विजेता ओडविरुद्ध श्रीमतीले वैवाहिक करणीको उजुरी दर्ता गरेकी हुन् । कञ्चनपुर प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय झलारीमा उनीविरुद्ध मङ्गलबार उजुरी दर्ता भएको हो । पक्राउ पुर्जी जारी भएर अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ । samajik_feedsamajikfeed.com
सुनसरीको भुटाहामा तनाव, ८० राउन्ड हवाई फायर, ४० सेल अश्रुग्याँस प्रहार

सामाजिक फीड, सुनसरी, २३ चैत्र । सुनसरीको भुटाहामा दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेकाे छ । हरिनगर गाउँपालिका वडा-४ स्थित गाउँपालिकाको कार्यालय रहेको बजार क्षेत्र मध्याह्नदेखि उत्पन्न भएको तनाव अहिलेसम्म मत्थर भएको छैन । प्रहरीले ८० राउन्ड हवाई फायर गरेको र ४० सेल अश्रु ग्यास प्रहार गरेको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले […]
क्रिकेटर सन्दीपको मुद्दामा झगडिया झिकाउन आदेश

सामाजिक फीड, काठमाडौँ, २३ चैत्र । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा उच्च अदालत पाटनले झगडिया झिकाउन आदेश दिएको छ । शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै झगडिया झिकाउन आदेश दिएको हो । यो मुद्दामा अदालतले झगडिया झिकाउन आदेश दिएपछि मुद्दा पुनरावलोकनको प्रक्रिया सुरु भएको छ […]
खाम पुर्पक्षका लागि कारागार चलान

सामाजिक फीड, चितवन, २३ चैत्र । रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् । चितवन जिल्ला अदालतमा बिहीबार र शुक्रबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका हुन् । खामले अदालतमा घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । व्यापारी […]
सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यु

सुनसरी, २३ चैत्र । सुनसरीको हरिनगरमा झडपपछि प्रशासनले जिल्लाका पाँच स्थानीय तहमा कर्फ्युआदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यु आदेश जारी गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारीमार्फत् कर्फ्यु आदेश जारी गरिएको हो । सुनसरीको भुटाहामा दुई समूहबीचको झडपले उग्र रूप लिएपछि […]
फ्रेन्डसिप कप: नेपाल बरोडासँग पराजित

भारत । भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा नेपाल बरोडासँग पराजित भएको छ । बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा अलआउट हुँदै ११९ रन मात्र बनाएपछि खेल ३७ रनले हारेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । […]
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले शनिवार काठमाडौंमा प्रदर्शन गर्ने, यस्तो छ कारण

सामाजिक फीडजनकपुरधाम , चैत्र २३ गते । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले शनिवार काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । अभियान अन्तर्गतको स्वनिमः उपत्यका विशेष ब्युरो, नेवाः राष्ट्रिय परिषद्ले नेपाः मण्डल सहित बहुलराष्ट्रिय राज्य नेपाल स्थापना लागि सो प्रदर्शन गर्न लागिएको हो । विश्वकै प्राचीन सभ्यता मध्येको एक नेवाः सभ्यतालाई समाप्तिको संहारमा पुर्याएको कारण […]