भारत । भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा नेपाल बरोडासँग पराजित भएको छ ।
बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा अलआउट हुँदै ११९ रन मात्र बनाएपछि खेल ३७ रनले हारेको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।
यो खेलमा हार बेहोरेपनि नेपाल यसअघि नै फ्रेन्डसिप कपको फाइनलमा पुगिसकेको छ भने बरोडा प्रतियोगिताबाट बाहिरिएको छ । यस प्रतियोगितामा बरोडाको यो पहिलो जित हो ।
अब फाइनलमा नेपाल र गुजरात एसोसियसनको टिम आइतबार खेल्दै छन् ।