Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २४ चैत । प्रहरी प्रधान कार्यालयले धनुषासहित ७ जिल्लाका एसपीको काज सरुवा गरेको छ ।

मधेश प्रदेशका ५ जिल्लामा अवधि नपुग्दै जिल्ला इन्चार्जहरूलाई फिर्ता बोलाइएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्कीलाई पठाइएको छ । त्यहाँ कार्यरत सुवास बोहरालाई फिर्ता बोलाइएको छ । नुवाकोटमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ ।

बारामा महेन्द्र खड्का, रौतहटमा दिलिप घिमिरे, सर्लाहीमा रविन्द्र सिंह र महोत्तरीमा नकुल पोखरेलको सरुवा भएको छ । धनुषामा भुवनेश्वर तिवारीलाई पठाइएको छ । महोत्तरीमा श्याम राई कार्यरत थिए । सर्लाहीमा दयानिधी ज्ञवाली र धनुषामा मित्रबन्धु शर्मा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *