Samajik Feed – News Portal from Nepal

धनगढी, २३ चैत्र । गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको उजुरी दर्ता भएको छ ।

नेपाल आइडल सिजन–२ विजेता ओडविरुद्ध श्रीमतीले वैवाहिक करणीको उजुरी दर्ता गरेकी हुन् ।

कञ्चनपुर प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय झलारीमा उनीविरुद्ध मङ्गलबार उजुरी दर्ता भएको हो । पक्राउ पुर्जी जारी भएर अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *