परराष्ट्रमन्त्री राणाको भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता

सामाजिक फीड जनकपुरधाम, ३ भदौ २०८१, सोमवार भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । राणाले दिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग शनिबार साँझ भेटवार्ता गरेकी हुन् । भेटवार्तामा मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेको दिल्लीस्थित नेपाली दुताबासले जानकारी दिएको […]
परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता

सामाजिक फीड जनकपुरधाम, ३ भदौ २०८१, सोमवार भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । आइतबार नयाँ दिल्ली पुगेकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । यद्यपी भेटवार्तामा छलफल भएका […]
रुसमा गयो ७.० म्याग्निच्युडको भूकम्प, भयानक ज्वालामुखी बिष्फोटको धुवाँँ ८ किमी माथीसम्म

सामाजिक फीड जनकपुरधाम, भाद्र २ रुसको पूर्वी तटीय क्षेत्रमा आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण सो क्षेत्रमा रहेको शिवेलुच नामक ज्वालामुखी विस्फोट भएको थियो । रुसी समाचार एजेन्सी टासको रिपोर्टका अनुसार ज्वालामुखी विष्फोटपछि उठेको धुवाँको मुस्लो तटीय क्षेत्रबाट ८ किलोमिटर उचाइसम्म देखिएको थियो । यो ज्वालामुखी रुसी तटीय सहर पेट्रोपाभलोभस्ककमचात्स्कीबाट ४५० […]
आफ्नै नागरिकलाई देश छोड्न स्विडेनले पैसा दिने !

सामाजिक फीड जनकपुरधाम, २ भदौ २०८१, आइतवार जनकपुरधाम । स्वीडेनले आफ्नै देशका नागरिकलाई देश छाड्न प्रस्ताव गरेको छ । स्वीडेनका अध्यागमन मन्त्री मारिया मलमार स्टेनगार्डले प्रस्ताव प्रस्तुत गर्दै स्विडेनी संस्कृति मन नपराउने वा यहाँ आत्मसात गर्न नसकेकाहरूले स्विडेन छोड्न सक्ने बताएकी छन् । युरोपेली वेबसाइट द नेशनलका अनुसार यसअघि यो नियम विदेशबाट आएर स्विडेनमा बसोबास […]
अल नासरलाई हराउदै अल हिलालले जित्यो साउदी सुपर कपको उपाधि

सामाजिक फीड जनकपुरधाम, २ भदौ २०८१, आइतवार जनकपुरधाम । अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई ४-१ गोल अन्तरले पराजित गर्दै साउदी सुपर कपको उपाधि जितेको हो । पहिलो हाफमा १-० ले पछि रहेको अल हिलालले दोस्रो हाफमा शानदार कम ब्याक गर्दै ४ गोल गरेको […]
दोस्रो दिनमै स्त्री-२ सय करोड क्लबमा

सामाजिक फीड जनकपुरधाम, १ भदौ २०८१, शनिवार जनकपुरधाम । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले रिलिजको दोस्रो दिनमा नै सय करोडको आँकडा पार गरेर नयाँ किर्तिमान बनाएको छ । फिल्मले रिलिजको दोस्रो दिन शुक्रबार ३५ करोड ३० लाख कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । […]
३७ बर्षिय सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री बन्दै
सामाजिक फीड जनकपुरधाम, श्रावन ३२ पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने भएकी छन् । फेउ थाई पार्टीकी ३७ बर्षिय नेतृ सिनावात्रालाई संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए । थाइल्याण्डको तल्लो सदनमा ५०० सदस्य रहेका छन् । उनी थाइल्याण्डका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । यद्यपी उनलाई अब राजाले प्रधानमन्त्रीमा नियुक्त गर्न भने […]
‘द ग्रेट इन्डियन कपिल शो’ को नयाँ सिजनको घोषणा

सामाजिक फीड जनकपुरधाम, श्रावन ३२ भारतका चर्चित कमेडियन कपिल शर्माले आफ्नो चर्चित शो ‘द ग्रेट इन्डियन कपिल शो’ को नयाँ सिजनको घोषणा गरेका छन् । नेटफ्लिक्समा प्रशारण हुने यो शो अब दोस्रो सिजन आउने भएको हो । कमेडियन कपिल शर्माले आफ्नो शो ‘द ग्रेट इन्डियन कपिल शो’ को दोस्रो सिजनको औपचारिक पुष्टि गरेका छन्, जसले […]
मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल
सामाजिक फीड जनकपुरधाम, श्रावन २९ नासा मिसनबाट प्राप्त डाटाले मंगल ग्रहको सतह मुनि गहिरो पानीको भूमिगत भण्डारको प्रमाण फेला परेको छ । नयाँ अनुसन्धान पछि नासाका वैज्ञानिकहरूको टोलीले ग्रहको सतहमा महासागर रहेको अनुमान गरिएको छ । मंगल ग्रहको क्रस्टको बीचमा रहेको चट्टानको सानो दरार र छिद्र अध्ययन गर्दा पर्याप्त पानी रहेको अनुमान गरिएको छ। मंगलग्रहको […]
बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वरनाथ मन्दिरमा भागदौड: ७ जनाको मृत्यु, ३५ घाइते

सामाजिक फीड जनकपुरधाम, श्रावन २८ बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वर नाथको मन्दिरमा अचानक भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना महिला समेत रहेका छन् । यो दुर्घटनामा ३५ श्रद्धालु घाइते भएका छन् । हाल जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव ल्याइएको छ र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका […]