Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
पुष २८
गते , जनकपुरधाम

मलेसिया सरकारले अध्यागमन कानुन उल्लंघन गर्ने १३ जना नेपालीलाई निष्काशन (डिपोर्ट) गरेको छ। उनीहरू गत साता मालिन्दो एयरलाइन्समार्फत काठमाडौं आइपुगेका हुन्। वैदेशिक रोजगारीका लागि विभिन्न मेनपावरमार्फत् मलेसिया पुगेका यी नेपालीहरू कम्पनी परिवर्तन गर्ने, प्रवेशाज्ञा (भिसा) को म्याद सकिएपछि समेत काम गर्नेजस्ता अध्यागमन कानुन उल्लंघनमा संलग्न रहेको आरोपमा निष्काशित भएका हुन्।

अध्यागमन प्रहरीले अनुसन्धानपछि पक्राउ गरी निष्काशित गर्ने निर्णय गरेको थियो। निष्काशित नेपालीहरूको नाममा जय कुमार यादव, भुदान सदा, सन्देश भुसाल, सन्तोष थापा, अविनास ठकुरी, आशिष पन्याङ, रामकुमार, लालसी बुढा, मान बहादुर गुरुङ, विष्णे महरा चमार, राज कुमार खत्री, सोनु विक, र कमल कुमार शाही छन्।

उनीहरूले के-कस्ता कानुन उल्लंघन गरेका थिए भन्ने यकिन विवरण भने खुलेको छैन। कतिपयले आफ्नो राहदानी फ्याँकेर गैरकानुनी र असुरक्षित ढंगले काम गरिरहेको मलेसियाको अध्यागमन अनुसन्धानमा खुलेको छ।

मलेसियाको अध्यागमनले कम्पनी फेर्ने, भिसा म्याद नाघ्ने, र आपराधिक गतिविधिमा संलग्न विदेशी श्रमिकहरूमाथि निगरानी कडा बनाएको छ। नेपालले मलेसियासँग श्रम सम्झौता गरी लामो समयदेखि नेपाली श्रमिकहरूलाई त्यहाँ पठाउँदै आए पनि हालैको घटनाले श्रमिकहरूको वैदेशिक रोजगारीका लागि कानुनी प्रक्रियाको पालना गर्ने महत्वलाई झल्काएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!