Samajik Feed – News Portal from Nepal

भारतको कार्नाटक राज्यमा काँग्रेस एकलै सरकार बनाउन सक्ने सम्भावना

सामाजिक फीड-जनकपुरधाम, बैशाख ३० गते । भारतको कर्नाटक विधानसभा चुनावमा मत गणना जारी छ । जारी मतगणना परिणामा अनुसार कांग्रेसले एकलै बहुमतको सरकार बनाउने सम्भावना देखिएको छ । भारतीय जनता पार्टी (बीजेपी) निकै पछाडि छ ।कुल २२४ सिटको लागि भएको विधनासभा चुनावमा अहिलेसम्म कांग्रेस १३६ सिटमा अगाडी छ । बीजेपी मात्र ६५ सिटमा अगाडि छ […]

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

एजेन्सी-जनकपुरधाम, बैशाख २७ गते । न्युयोर्कको एक अदालतले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। अदालतले ट्रम्पलाई दोषी ठहर गर्दै पीडितलाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिन भनेको छ। तर यो ट्रम्पविरुद्ध पछिल्लो समय चलिरहेको चर्चित मुद्दा भने होइन। ट्रम्पमाथि सन् २०१६ कोन राष्ट्रपति चुनाव प्रभावित पार्न अमेरिकी पोर्नस्टार स्टर्मी […]

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । इमरानलाई पाकिस्तानी रेंजर्सले अदालतको कोठाबाटै पक्राउ गरेको हो । गुप्तचर एजेन्सी आईएसआईका अधिकारीहरूले मेजर जनरल फैसल नसीरमाथि गम्भीर आरोप लगाएका थिए। इमरानले मेजर जनरल फैसल नसीरलाई मार्न खोजेको आरोप लगाएका थिए । इस्लामावादस्थित उच्च अदालत बाहिरबाट उनलाई प्रहरीले पक्राउ गरेको अल्जजिराले जनाएको छ। उनी अदालतमा […]

भारतको मध्यप्रदेशमा बस नदीमा खस्यो, १५ जनाको मृत्यु

एजेन्सी, २६ वैशाख । भारतको मध्यप्रदेशमा बस नदीमा खस्दा १५ जनाको मृत्यु भएको छ । खरगोन भन्ने ठाउँमा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर बस बैराड नदीमा खसेको हो । १५ जनाको शव भेटिएको छ । अन्य २० २५ जना घाइते भएका छन् । नदीमा भने पानी थिएन । यसैबीच, मध्यप्रदेश सरकारले मृतकका परिवारलाई […]

भारतको मणिपुर राज्यमा जारी जातीय हिंसामा ५२ जनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, बैशाख २४ गते । भारतको मणिपुर राज्यमा जारी जातीय हिंसामा ५२ जनाभन्दा बढीको मृत्यु भएको छ । बुधबारदेखि सुरु भएको हिंसा प्रशासनले जारी गरेको कर्फ्यु र ‘शुट एट साइट’ आदेशका बाबजुत पनि शनिबारसम्म कम्तिमा ५२ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । हिंसाको कारण हजारौँको संख्यामा मानिसहरू विस्थापित भएको जनाइएको छ । भारतीय […]

भारतको लुधियानास्थित पसलमा ग्याँस चुहिँदा ९ जनाको मृत्यु

एजेन्सी । भारतको लुधियानास्थित एक पसलमा ग्याँस चुहिँदा ९ जनाको मृत्युभएको छ । अन्य ११ जना घाइते भएका छन् । ग्याँसपुरा क्षेत्रमा रहेको पसलबाट चुहिएको ग्याँसका कारण उनीहरूको मृत्यु भएको पुष्टि भएको छ । अस्पताल भर्ना गरिएकाहरू बेहोस अवस्थामा रहेको जनाइएको छ । प्रहरीले घटनास्थल वरपरको तीन सय मिटर क्षेत्रलाई घेरा हालेको छ । मेडिकल […]

सिक्किममा हिमपहिरोमा तीन नेपालीसहित ७ जनाको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, चैत २३ गते । सिक्किममा हिमपहिरोमा तीन नेपालीसहित ७ जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपालीमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रूपन्देहीकी मुना शाह श्रेष्ठ छन् । उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए । यसैगरी मृत्यु हुनेमा अन्य चार भारतीय नागरिक बाल सिंह, रेब्या सिंह, शौरभ रोय चौधरी र पृतम […]

कराचीमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, चैत १८ गते । पाकिस्तानको कराचीस्थित एक कारखानामा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ। कारखानामा निस्शुल्क खाद्य सामग्री वितरण भइरहेको थियो। कारखानामा आगो लागेको हल्लापछि त्यहाँ भागदौड मच्चिएको थियो। भागदौडमा ९ जना महिला र तीन बालबालिकाको मृत्यु भएको हो।धेरै जना घाइते भएकोमा उनीहरूको उद्वार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको एजेन्सीले जनाएको छ।

अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने

एजेन्सी-जनकपुरधाम, चैत १६ गते । अस्ट्रेलिया सरकारले यस वर्ष ५० लाख कङ्गारु मार्ने कोटा निर्धारण गरेको छ । हरेक वर्ष कोटा निर्धारण गरेर कङ्गारु मार्दै आएको अस्ट्रेलियाले यस वर्षका लागि ५० लाख कोटा निर्धारण गरेको सीएनएनले जनाएको छ । अहिले अस्ट्रेलियामा कङ्गारुको सङ्ख्या तीन करोड ६५ लाख रहेको सरकारी तथ्याङ्क छ । कङ्गारुको सङ्ख्या हरेक […]

अमेरिकाको एक निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, चैत १४ गते । अमेरिकाको टेनेसीमा एक निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाएकी थिइन् । उनी पनि प्रहरीको गोली लागेर मारिएकी छन् । गोली लागेर स्कुलका विद्यार्थी र शिक्षिकाहरुसहित ६ जनाको मृत्यु भएको बीबीसीले […]