एजेन्सी । भारतको लुधियानास्थित एक पसलमा ग्याँस चुहिँदा ९ जनाको मृत्युभएको छ । अन्य ११ जना घाइते भएका छन् । ग्याँसपुरा क्षेत्रमा रहेको पसलबाट चुहिएको ग्याँसका कारण उनीहरूको मृत्यु भएको पुष्टि भएको छ ।
अस्पताल भर्ना गरिएकाहरू बेहोस अवस्थामा रहेको जनाइएको छ । प्रहरीले घटनास्थल वरपरको तीन सय मिटर क्षेत्रलाई घेरा हालेको छ । मेडिकल टिमसहित पुगेको सुरक्षाकर्मीको टोलीले प्रभावितहरूलाई उद्धार गरेकाे छ । अमोनिया ग्याँस चुहिएको आशंका गरिए पनि यकिन हुन सकेको छैन ।