Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, चैत २३ गते ।

सिक्किममा हिमपहिरोमा तीन नेपालीसहित ७ जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपालीमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रूपन्देहीकी मुना शाह श्रेष्ठ छन् । उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए ।

यसैगरी मृत्यु हुनेमा अन्य चार भारतीय नागरिक बाल सिंह, रेब्या सिंह, शौरभ रोय चौधरी र पृतम माटे रहेका छन् । मंगलबार स्थानीय समयअनुसार दिउँसो १२ः१५ बजे गान्तोक–नाथुला पास जोड्ने नवाहरलाल नेहरू सडकमा गएको पहिरोमा १३ जना घाइते भएका छन् ।
सिक्किम सरकारले हिमपातमा सातजनाको मृत्यु भएको पुष्टि गरेको छ ।

२० देखि ३० वटा पर्यटक हिउँमुनि फसेको अनुमान गरिएको छ । सिक्किम सेनाले विज्ञप्ति जारी गर्दै १४ जनाको उद्वार गरिएकोमा ७ जनाको सामान्य उपचारपछि गान्तोक फर्काइएको जनाएको छ । घाइते तीन नेपाली ज्योति गुरुङ, गीता सापकोटा र रमेश खनालको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!