एजेन्सी, २६ वैशाख । भारतको मध्यप्रदेशमा बस नदीमा खस्दा १५ जनाको मृत्यु भएको छ । खरगोन भन्ने ठाउँमा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर बस बैराड नदीमा खसेको हो ।
१५ जनाको शव भेटिएको छ । अन्य २० २५ जना घाइते भएका छन् । नदीमा भने पानी थिएन ।
यसैबीच, मध्यप्रदेश सरकारले मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ र गम्भीर घाइतेलाई ५०–५० हजार तथा सामान्य घाइतेलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ ।