Samajik Feed – News Portal from Nepal

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । इमरानलाई पाकिस्तानी रेंजर्सले अदालतको कोठाबाटै पक्राउ गरेको हो ।

गुप्तचर एजेन्सी आईएसआईका अधिकारीहरूले मेजर जनरल फैसल नसीरमाथि गम्भीर आरोप लगाएका थिए। इमरानले मेजर जनरल फैसल नसीरलाई मार्न खोजेको आरोप लगाएका थिए । इस्लामावादस्थित उच्च अदालत बाहिरबाट उनलाई प्रहरीले पक्राउ गरेको अल्जजिराले जनाएको छ।

उनी अदालतमा उपस्थित हुन पुगेका थिए। पाकिस्तान तहरिक-इ-इन्साफ (पीटीआई)का नेता फवाद चौधरीले मंगलबार ट्विट गर्दै खानलाई पक्राउ गरेको जानकारी दिएका हुन् । पीटीआईले राखेको भिडिओमा उनलाई ठूलो सुरक्षाकर्मीको समूहले घेरेर गाडीभित्र हालेको देखिन्छ।

यस मुद्दामा संलग्न अन्यहरूमा पूर्वसंघीय विदेश मन्त्री जुल्फिकार बुखारी र पूर्व जवाफदेहिता सल्लाहकार शहजाद अकबर समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!