Samajik Feed – News Portal from Nepal

नागरिक विधेयक प्रमाणीकरण गरियो

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । बुधबार राष्ट्रपति पौडेलले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको जानकारी दिनुभएको छ । जेठ १२ गते बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष आग्रह गर्ने […]

सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब बजेट

सामजिक फीड-जनकपुरधाम, जेठ १६ गते । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ ।कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५‍.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् […]

रास्वापा सांसद् बिन्दबासिनीले आज सपथ लिँदै

काठमाडौँ, १५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य बिन्दबासिनी कंसाकारले आज पद तथा गोपनीयताको सपथ लिने भएकी छन् । कंसाकारलाई दिउँसो ३ बजे सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको सपथ गराउने तय भएको छ । घुस रकम लेनदेन गरेको अडियो बाहिरिएपछि विवादमा परेका रास्वपाका तत्कालीन सांसद् डा. ढाकाकुमार श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यबाट हटाइएको थियो । […]

आज सोह्रौँ गणतन्त्र दिवस मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, जेठ १५ गते । आज देशभर विभिन्न कार्यक्रम गरी सोह्रौँ गणतन्त्र दिवस मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुरु गरिएको थियो । त्यसको खुसियालीमा हरेक वर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाउने गरिएको हो । राज्यको सम्पूर्ण शक्ति जनतामा […]

रेशम चौधरी जेलमुक्त

सामाजिक फीड-जनकपुरधाम, जेठ १५ गते । गणतन्त्र दिवसको अवसरमा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी जेलमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज बिहानै कारागारबाट रिहा भएका हुन् । मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष तीन महिना जेल सजाय […]

आज तराईमा हावाहुरीसहित वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, जेठ १४ गते । आज दिउँसो तराईका केही स्थानमा हावाहुरीको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार दिउँसो तराई मधेशमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। ‘मधेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी आउने सम्भावना देखिएको हो’, मौसमविद् श्रेष्ठले भने।यस्तै अज बिहान कोशी र बागमती प्रदेशका एक–दुई ठाउँमा वर्षा भइरहेको […]

तीनदिन देशभर बदली, मधेशमा हावाहुरीको सम्भावना

सामजिक फीड-जनकपुरधाम, जेठ ९ गते । अबको दुईतीन दिनसम्म देशभर बदली र वर्षाको अवस्था रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर लगातार पानी भने पर्ने छैन । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । ‘त्यसैले आजदेखि दुई(तीन दिनसम्म केहीबेर पानी पर्ने, रोकिने […]

नक्कली भुटानी शरणार्थी प्रकरण : अनुसन्धानको प्रतिवेदन आज बुझाइँदै

सामाजिक फीड-जनकपुरधाम, जेठ ८ गते । नक्कली भुटानी शरणार्थी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाउन लागेको छ । प्रकरणम मुछिएर पक्राउ परेकाहरु माथीको अनुसन्धान प्रतिवेदन आज आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज […]

जनकपुर विमानस्थलको रनवेमा स्याल दौडेपछि जहाज काडमाडौं फर्कियो

सामाजिक फीड-जनकपुरधाम, जेठ ७ गते । जनकपुर विमानस्थलको रनवेमा स्याल कुदेपछि यति एयरलाइन्सको जहाज अवतरण नै नगरी काठमाडौँ फर्केको छ ।काठमाडौंबाट जनकपुर आइपुगेको बिमान अवतरण गर्ने क्रममा पाइलटले रनवेमा स्यालदेखेका थिए । दुईपटक अवतरणको प्रयास गरेपनि एकपटक स्याल र अर्कोपटक पानी परेको कारण प्रतिकूल मौसमले अवतरण गर्न नसकेर जहाज पुनः काठमाडौं नै फर्किएको हो । […]

रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या

सामाजिक फीड– जनकपुरधाम, जेठ ६ गते । रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या भएको छ ।गौर नगरपालिका ७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको छुरा प्रहार गरी हत्या भएको हो । रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरका अनुसार गए राति १० बजेतिर घर नजिकै खान र छिमेक शेख साविरसंग समान्य विवाद भएको थियो । […]