Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, जेठ ७ गते ।

जनकपुर विमानस्थलको रनवेमा स्याल कुदेपछि यति एयरलाइन्सको जहाज अवतरण नै नगरी काठमाडौँ फर्केको छ ।
काठमाडौंबाट जनकपुर आइपुगेको बिमान अवतरण गर्ने क्रममा पाइलटले रनवेमा स्यालदेखेका थिए । दुईपटक अवतरणको प्रयास गरेपनि एकपटक स्याल र अर्कोपटक पानी परेको कारण प्रतिकूल मौसमले अवतरण गर्न नसकेर जहाज पुनः काठमाडौं नै फर्किएको हो ।

यति एयरलाइन्सका प्रबन्धक राजेश सिंहका अनुसार दुई पटक अवतरण गर्न खोजे पनि अवस्था प्रतिकूल नभएपछि जहाज फर्केको बताए विमानस्थलमा अवतरण गर्न पहिलो पटक पानी परेको हुँदा मौसमको कारण र अर्को पटक अवतरण गर्न खोज्दा रनवेमा स्याल देखेपछि जहाज फर्केको उनको भनाइ छ ।

पाइलटले एटीसीलाई रनवेको अवस्थाको बारेमा जानकारी गराउँदा जहाज अवतरण नगर्न सुझाएपछि जहाज ओभरसुट गरी फर्केको प्रबन्धक सिंहले जनाए ।

काठमाडौं जनकपुरको लागि साँझ ६ः१० को जहाज ६ः२० मा उडेको थियो । जनकपुर विमानस्थलमा आएर काठमाडौँ फर्केका यति एयरका जहाजमा ६० जना सवार रहेको एयरलाइन्सले जनाएको छ ।

काठमाडौँ फर्केको यतिका आजको फ्लाइट रद्द गरिएको एयरलाइन्सले जनाएको छन् । यस अघि शनिबार बिहान जनकपुरमै काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसो देखेपछि उडान स्थगित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *