Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य बिन्दबासिनी कंसाकारले आज पद तथा गोपनीयताको सपथ लिने भएकी छन् ।

कंसाकारलाई दिउँसो ३ बजे सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको सपथ गराउने तय भएको छ ।

घुस रकम लेनदेन गरेको अडियो बाहिरिएपछि विवादमा परेका रास्वपाका तत्कालीन सांसद् डा. ढाकाकुमार श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यबाट हटाइएको थियो । यही पदमा कंसाकारलाई रास्वपाले पठाउने निर्णय गरेको थियो ।

पार्टीको निर्णयविरुद्ध श्रेष्ठ सर्वोच्च अदालत पुगेका थिए तर सर्वोच्चले श्रेष्ठको मुद्दा खारेज गरिदिएपछि कंसकारलाई सांसद बन्ने बाटो खुलेको हो ।

केही वर्षअघि एसिड आक्रमणमा परेर घाइते भएकी हेटौंडा निवासी कंसाकार रास्वपाको समानुपातिक सूचीतर्फ आदिवासी जनजाति कोटामा सांसद् बनेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *