सामाजिक फीड–
जनकपुरधाम, जेठ ६ गते ।
रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या भएको छ ।
गौर नगरपालिका ७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको छुरा प्रहार गरी हत्या भएको हो ।
रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरका अनुसार गए राति १० बजेतिर घर नजिकै खान र छिमेक शेख साविरसंग समान्य विवाद भएको थियो । त्यस क्रममा साविरले बायाँ छातीमा छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट गम्भीर घाइते खानलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी जनाएको छ ।
छुरा प्रहारमा संलग्न साविरलगायत दुईजना फरार भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको एसपी मगरले जानकारी दिए ।