Samajik Feed – News Portal from Nepal

लम्पी स्किन रोगको चपेटामा पशु, साढे नौ हजार मरे

रासस–काठमाडौं, जेठ ३२ गते । गर्मीयाम सुरु भएलगत्तै मुलुकभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ । चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन् । यसैगरी, हालसम्म तीन लाख ५५ हजार छ सय ९८ पशु सङ्क्रमित […]

देशको विभिन्न स्थानमा वर्षाको सम्भावना

सामाजिक फीड-जनकुपरधाम, जेठ ३० गते । आज देशको विभिन्न भागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम बुलेटिनमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भवान रहेको उल्लेख छ । बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना […]

जनकपुरबाट काठमाडौं उड्न लागेको वुद्ध एयरको विमानमा धुवाँ देखिएपछि उडान रद्द

सामाजिक फीड-जनकपुरधाम, जेठ २९ गते । जनकपुरदेखि काठमाडौं उड़ान भर्न लागेको बुद्ध एअरको विमानमा धुवाँ देखिपछि उडान रद्द गरिएको छ । यु४–५०८ नम्बरको बुद्ध एयरको विमान साँझ ५ः३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा अचानक धुवाँ देखिएको एक यात्रीले बताएपछि उडान रद्द गरिएको हो । रन्वेमा विमानमा धुँवा देखेपछि यात्रीहरु अत्तालिएपछि उडान रद्द गरी विमान […]

कस्तो रहन्छ आजको मौसम ?

  सामाजिक फीड-जनकपुरधाम, जेठ २९ गते । आज दिउँसो मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहाज ६ बजे जारी गरेको मौसम बुलेटिनमाआज दिउँसो, कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी […]

तराई मधेशमा अझै केही दिन पानी नपर्ने, गर्मी नघट्ने

सामजिक फीड-जनकपुरधाम, जेठ २६ गते । तराइ मधेशको भूभागहरुमा केहीदिन यता बढेको अधिकतम र न्यूनतम तापक्रम केही अझै केहीदिन यथावत रहने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम बुलेटिनमा केहीदिन तापक्रम नघट्ने जनाएको छ । जसको कारण तराई मधेशको भू-भागहरूमा तातो हावा /लू चलिरहेको अवस्था रहेको महाशाखाले जनाएको […]

नागरिकता नपाउनुको पीडा आफूलाई पनि थाहा छ: लामिछाने

काठमाडौँ, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले नागरिकता नपाउनुको पीडा आफूलाई पनि थाहा भएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले आफूलाई पनि नागरिकता नपाउनुको पीडा थाहा भएको भन्दै नागरिकता विधेयकको विपक्षमा नरहेको बताएका हुन् । यद्यपि विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आफूहरूको असहमति रहेको उनले प्रष्ट पारेका […]

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहको निधन

सामाजिक फीड-जनकपुरधाम, जेठ २५ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ । झण्डै दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित डा. साहको दिल्लीको एक अस्पतालमा आज बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतलाई उदृत गर्दै प्रतिष्ठानका राजिष्टार डन. विनोद यादवले जानकारी दिए । काठमाडौंमा उपचार सम्भव नभएपछि एक साताअघि उनलाई दिल्ली […]

नेपालमा झण्डै ४५ प्रतिशत जनसंख्याको मातृभाषा नेपाली, दोश्रोमा मैथिली ११.५

सामजिक फीड-जनकपुरधाम, जेठ १९ गते । नेपालको कुल जनसंख्याको झण्डै ४५ प्रतिशतको मातृभाषा नेपाली भएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक मातृ भाषासम्बन्धी तथ्यांकअनुसार ४४.८६ प्रतिशतको मातृभाषा नेपाली छ । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै १ करोड ३० लाख ८४ […]

नेपालमा हिन्दु धर्म मान्ने जनसंख्या८१ प्रतिशतभन्दा बढी

सामाजिक फीड-जनकपुरधाम, जेठ १९ गते । नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ, जसअनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास छ । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । […]

प्रधानमन्त्री दाहाल भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । बुधबार नेपाल एयरलाइन्सको नियमित उडानबाट दाहाल नेतृत्वको टोली भारत प्रस्थान गरेको हो । भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसहित परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश […]