Samajik Feed – News Portal from Nepal

सामजिक फीड-
जनकपुरधाम, जेठ १९ गते ।

नेपालको कुल जनसंख्याको झण्डै ४५ प्रतिशतको मातृभाषा नेपाली भएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक मातृ भाषासम्बन्धी तथ्यांकअनुसार ४४.८६ प्रतिशतको मातृभाषा नेपाली छ ।

जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै १ करोड ३० लाख ८४ हजार ४५७ जनाको मातृभाषा नेपाली हो ।

नेपालीपछि मैथिली मातृभाषा हुनेको संख्या धेरै छ । ३२ लाख २२ हजार ३८९ जना अर्थात ११.०५ प्रतिशतको मातृभाषा मैथिली छ ।

भोजपुरी ६.२४ प्रतिशत, थारु ५.८८, तामाङ, ४.८८, बजिका ३.८९, अवधि २.९६, नेवारी २.९६ र २.७८ प्रतिशतको मातृभाषा मगर धुत रहेको छ ।

जनगणनाअनुसार नेपालमा १२७ भाषाभाषी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *