Samajik Feed – News Portal from Nepal

पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

रासस-भरतपुर, असार १५ गते । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बिहीबार दिउँसो देखि बन्द छ। आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन। चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि उक्त सडक बन्द भएको हो। त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ। पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको […]

आज यी स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित धेरै भारी वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, असार १५ गते । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी […]

निजि विद्यालयका शिक्षकलाई सामुदायिक सरह तलब दिन बालेनको निर्देशन

काठमाडौँ, १४ असार। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले निजि विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलब सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन् । संस्थागत विद्यालयका शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै मेयर साहले बिहीबार यस्तो निर्देशन दिएका हुन् । उनले ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको […]

तत्कालीन राष्ट्रपतिसहित १३ जनाको नाम पशुपतिनाथको जलहरीबाट मेटाइयो

काठमाडौँ, १४ असार । पशुपतिनाथ मन्दिरको जलहरीमा कुँदिएको तत्कालीन राष्ट्रपति भण्डारी, पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीसहित १३ जनाको नाम मेटाइएको छ । पशुपतिमा जलहरी प्रकरणपछि अख्तियारले सुनको नापजाँच गरेपछि जलहरीमा लेखिएका नाम मेटाएर राखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताए । मन्त्री किराँतीले बुधबार जलहरी मन्दिरमा राखिएको बताए । आइतबार दिउँसो निकालिएको जलहरीमा कुँदिएको […]

मुस्लिम धर्मावलम्बी आज बकर इद मनउँदै, देशभर सार्वजनिक बिदा

रासस-काठमाडौं, असार १४ गते । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने […]

जनमत पार्टीले बजेटको विपक्षमा मतदान गर्ने

काठमाडौँ, १३ असार। जनमत पार्टीले बजेटको विपक्षमा मतदान गर्ने भएको छ । बुधबार बसेको संसदीय दलको बैठकले संघीय सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । गरिबमारा, मधेश विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने निर्णय भएको पार्टीले जनाएको छ । देशकै अर्थतन्त्र धरासायी भइराखेका बेलामा लूटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको […]

त्रिभुवन विमानस्थलमा यात्रुको बिदाइ तथा स्वागतमा तीन जना मात्र प्रवेश पाउने

काठमाडौँ, १२ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई बिदाइ तथा स्वागत गर्न तीन जनाभन्दा बढी आफन्त प्रवेश गर्न नपाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलवार सूचना जारी गरेर भिडभाड नियन्त्रण गर्न भन्दै बिदाइ र स्वागतका लागि एक यात्रुका लागि बढीमा तीन जना मात्र आउन अपिल गरेको हो । विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका […]

आज यी स्थानहरुमा वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, असार १२ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती , गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना […]

‘मधेश दिवस’ मनाउने मधेशी आयोगको निर्णय, मिति तोक्न परामर्श

काठमाडाैँ, ११ असार । मधेशी आयोगले ‘मधेश दिवस’ मनाउने निर्णय गरेको छ । आइतबार बसेको आयोगको ८५ औं बैठकमा मधेश दिवस कहिले मनाउने सम्बन्धमा विज्ञहरूसँग छलफल भएको हो | बैठकमा मधेश दिवसको मिति निर्क्यौल गर्ने सम्बन्धमा छलफल भएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख छ । आयोगले नेपाल र नेपाली, मधेश र मधेशी गौरवान्वित हुने मिति तोक्ने […]

इन्द्रजीत साफी चारै दाजुभाई एकैपटक पाए नागरिकता

सामाजिक फीड-जनकपुरधाम, असार १० गते । नागरिकता संघर्ष समितिका अध्यक्ष इन्द्रजीत साफी चारौभई नागरिकता पाएका छन् । नागकिता नपएर लामो समयदेखि संघर्षरत्त इन्द्रजीत जिल्ला प्रशासन कार्यालय धनुषाबाट चारैजना दाजुभाईले वंशज नागरिकता पाएका हुन् ।धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ भरतपुर घर भएका इन्द्रजीत ३१ वर्षमा नागरिकता पाएका हुन् ।। आमा सोनावतीसंगै चारछोराहरु नागरिकता बनाउन जिल्ला प्रशासन […]