काठमाडौँ, १४ असार । पशुपतिनाथ मन्दिरको जलहरीमा कुँदिएको तत्कालीन राष्ट्रपति भण्डारी, पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीसहित १३ जनाको नाम मेटाइएको छ ।
पशुपतिमा जलहरी प्रकरणपछि अख्तियारले सुनको नापजाँच गरेपछि जलहरीमा लेखिएका नाम मेटाएर राखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताए । मन्त्री किराँतीले बुधबार जलहरी मन्दिरमा राखिएको बताए ।
आइतबार दिउँसो निकालिएको जलहरीमा कुँदिएको १३ जनाकै नाम मेटेर चार दिनपछि बुधबार बेलुकी जलहरी पुन: स्थापित गर्न लागिएको स्रोतले जानकारी दिएको छ।
जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन प्रधानमन्त्री कपीशर्मा ओली, तत्कालीन संस्कृतिमन्त्री भानुभक्त ढकाल, संस्कृतिसचिव यादव कोइराला, पशुपतिका मूल भट्ट, अन्य तीन भट्ट, दुई जना मुख्य भण्डारी, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष मिलन थापाको नाम कुँदिएको थियो ।