Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार १० गते ।

नागरिकता संघर्ष समितिका अध्यक्ष इन्द्रजीत साफी चारौभई नागरिकता पाएका छन् । नागकिता नपएर लामो समयदेखि संघर्षरत्त इन्द्रजीत जिल्ला प्रशासन कार्यालय धनुषाबाट चारैजना दाजुभाईले वंशज नागरिकता पाएका हुन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ भरतपुर घर भएका इन्द्रजीत ३१ वर्षमा नागरिकता पाएका हुन् ।। आमा सोनावतीसंगै चारछोराहरु नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका थिए । दिउँसो १ बजे जेठो इन्द्रजीत , माहिलो २९ वर्षका रञ्जित साफी, २२ वर्षका छोटु साफी र कान्छो वर्ष २१ का रविन साफीलाई जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता उपलब्ध गराएको हो ।
उनीहरुलाईलाई प्रमुख जिल्ला अधिकारी काशीराज दहालले नागरिकता हस्तान्तरण गरेका हुन् ।
नागरिकता पाएपछि ईन्द्रजीतले बल्ल यो देशको नागरिक भएको अनुभुती भएको बताए ।
‘बल्ल आजदेखि नेपाली नागरिक भएको अनुभूति र अपार खुसी महसुस भइरहेको छ। अब यो देशमै केही गर्छु ‘ उनले भने ।

उनी नागरिकता संघर्ष समितिका संयोजक भएर आन्दोलनरत थिए । ईन्द्रजीत सिभिल इन्जिनियर हन् । बुबा विक्रम धोवीको नागरिकता जन्मसिद्ध भएको कारण उनले नागरिकता पाउन सकेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *