Samajik Feed – News Portal from Nepal

साहुले कब्जा गरेका मिटरब्याज पीडितका ८ विघा जग्गा फिर्ता

रासस-काठमाडौं, असार २८ गते । मिटरब्याजका साहुहरूले लिएको आठ बिघा जग्गा पीडितहरूले फिर्ता पाएका छन् ।गृह मन्त्रालयका अनुसार उनीहरूले अहिलेसम्म आठ बिघा आठ कठ्ठा नौ धुर जमिन फिर्ता पाएको र अझै मेलमिलापमार्फत फिर्ता हुने क्रम जारी रहेको छ । यसरी जग्गा फिर्ता पाउनेमा ४५ जना पीडित रहेका छन् । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन […]

अमेरिकी सहायक विदेशमन्त्री लु शुक्रबार नेपाल आउँदै

काठमाडौँ, २८ असार । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन् । एकदिने भ्रमणका लागि आउन लागेका सहायक विदेशमन्त्री लुले काठमाडौँमा केही महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्ने बताइएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेट्ने कार्यक्रम रहेको छ । […]

मधेश, कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, असार २८ गते । आगामी दुई दिन पूर्वी नेपालमा बढी वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरे अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित छ । त्यसैले पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी वर्षाको प्रक्षेपण गरिएको […]

प्रचण्ड पत्नी सीताको निधन

टुडेपाटी-जनकपुरधाम, असार २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान साढे ८ बजे नर्भिक अस्पतालमा उनको निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । Shailendra Kranti

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद ३ महिना थप

सामाजिक फीड-जनकपुरधाम, असार २६ गते । सरकारले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद ३ महिना थप गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको म्याद ३ महिना थप गर्ने निर्णय पनि गरेको हो । सरकारले तीन महिनाको समयावधिसहित गठन गरेको आयोगले काम सम्पन्न गर्न समय लाग्ने भएपछि तीन महिना म्याद थपेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं […]

आजदेखि प्रदेश र पालिकाको खाता बन्द

सामाजिक फीड-जनकपुरधाम, असार २५ गते । आजदेखि सबै प्रदेश र पालिकाको आर्थिक कारोबार खाता बन्द भएको छ ।महालेखा नियन्त्रक कार्यालयले सोमवारदेखि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने बताएको छ । महालेखाले यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन पाउने छैनन्। […]

मिटरब्याजविरुद्ध ऐन ल्याउन माग गर्दै पीडितद्वारा प्रदर्शन

काठमाडाैँ, २४ असार । मिटरब्याजविरुद्ध कानुन बनाउन माग गर्दै पीडितहरूले संघीय संसद भवन घेराउ गरेका छन् । काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि आइतबार मिटरब्याजपीडितहरूले छिटो कानुन ल्याउन माग गर्दै घेराउ गरे । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि ल्याएको विधेयक पारित हुन नसकेको र अध्यादेश पनि निष्क्रिय भएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । […]

लम्पी स्किन रोग नियन्त्रण गर्न एक लाख ८० हजारभन्दा बढी पशुलाई खोप

रासस-काठमाडौं, असार २३ गते । सरकारले मुलुकभर फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न हालसम्म एक लाख ८० हजारभन्दा बढी पशुमा यसको खोप लाउने कार्य सम्पन्न गरेको छ । लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो । सरकारले प्रभावित पशुको उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरेको पशु सेवा […]

आजपाको आईटी आर्मीद्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ, २२ असार । आम जनता पार्टीको भ्रातृ संगठन आईटी आर्मीले काठमाडौँमा प्रदर्शन गरेको छ । शुक्रबार आईटी आर्मीका अध्यक्ष चन्द्रभूषण साहको नेतृत्वमा कोटेश्वर–बालकुमारी क्षेत्रमा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागी आजपाका नेता तथा कार्यकर्ताहरूले वैदेशिक रोजगारमा भइरहेको ठगी रोक्नुपर्ने, ठग म्यानपावर र एजेन्टलाई कारबाही गर्नुपर्नेलगायत माग गरेका छन् । त्यस्तै, फ्रि भिसा–फ्रि टिकट व्यवहारमा […]

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्की अदालत जाने

विराटनगर, २२ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीविरुद्ध पूर्वमुख्यमन्त्री हिक्मत कार्की अदालत जाने भएका छन् । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई बिहीबार गैरसंवैधानिक ढंगमा मुख्यमन्त्री नियुक्त गरिएको आरोप लगाउँदै कार्की अदालत जाने भएका हुन् । सरकार गठनमा सभामुखलाई समावेश गरिनु संविधानविपरीत भएको कार्की आबद्ध पार्टी एमालेको ठहर छ । संविधानको धारा […]