Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २८ असार । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन् ।

एकदिने भ्रमणका लागि आउन लागेका सहायक विदेशमन्त्री लुले काठमाडौँमा केही महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्ने बताइएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

काठमाडौँस्थित अमेरिकी राजदूतावासका अनुसार राजनीतिक भेटघाट बाहेक लुले अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको छ । लुले यसअघि एमसिसी परियोजना संसदबाट पारित हुनअघि र पारित भएपछि पनि नेपाल भ्रमण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *