Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २२ असार । आम जनता पार्टीको भ्रातृ संगठन आईटी आर्मीले काठमाडौँमा प्रदर्शन गरेको छ । शुक्रबार आईटी आर्मीका अध्यक्ष चन्द्रभूषण साहको नेतृत्वमा कोटेश्वर–बालकुमारी क्षेत्रमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागी आजपाका नेता तथा कार्यकर्ताहरूले वैदेशिक रोजगारमा भइरहेको ठगी रोक्नुपर्ने, ठग म्यानपावर र एजेन्टलाई कारबाही गर्नुपर्नेलगायत माग गरेका छन् । त्यस्तै, फ्रि भिसा–फ्रि टिकट व्यवहारमा लागू गर्नुपर्ने पनि उनीहरूको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *