Samajik Feed – News Portal from Nepal

सिरहामा नक्कली हतियार देखाएर पैसा असुली गर्ने नक्कली सई पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ ७ गते । सिरहामा नक्कली हतियार देखाएर व्यापारी तथा सर्वसाधारणसंग रकम असुली गर्ने नक्कली सई पक्राउ परेका छन् । बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा नेपाल प्रहरीको सदा पोसाकको प्रहरी सहायक निरीक्षक (सई) हुँ भन्दै व्यापारीलाई थर्काउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लक्ष्मिपुर पतारी गाउँ पालिका […]

सर्लाहीबाट दुई वटा पेस्तोलसहित दुई जना पक्राउ

सामाजिक फीड- जनकपुरधाम, भदौ ३ गते । सर्लाहीबाट दुई वटा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका-६ का प्रकाश यादव र जीवन राय यादव छन् । सशस्त्रको बोर्डर आउट पोस्ट ( बिओपी ) संग्रामपुरले शनिबार राति दुबैजनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको हो । उनीहरू बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा […]

जनकपुर-ढल्केवर सडक खण्डमा एक अपरिचित युवकको शव फेला

सामाजिक फीड-जनकपुरधाम, साउन ३२ गते । जनकपुर- ढल्केवर सडक खण्डमा एक युवक मृत फेला परेका छन् । धनुषाको मिथिला नगरपालिका २ विशालबजार स्थित सडकमा अन्दाजी २२ वर्षीय अपरिचित युवकको शव फेला परेको हो । आज बिहान गाडीले ठक्कर लागेर टाउको फुटेर मृत्यु भएको जस्तो देखिने अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि […]

महोत्तरीमा ट्याक्टरले किचिएर एक जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, साउन ३१ गते । महोत्तरीमा ट्याक्टरले किचिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका ४ का ३५ वर्षीय कृष्णकुमार मिश्र छन् । बुधबार ज १ त ८१५३ नम्बरको ट्याक्टरबाट खेत जोतिरहेको बेला ट्याक्टर पल्टिदा उनको किचिएर मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । स्थानीयले उद्धार गर्ने […]

ल्यापट चोर्न मिर्चैया खानेपानी संस्थाका सुरक्षागार्डको हत्या, दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन २८ गते । साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या घटनाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनाको डेढ महिनापछि प्रहरीले आइतबार दुई जना अभियुक्तलाई सार्वजनिक गरेको हो । अभियुक्तहरूमा मिर्चैया नगरपालिका-७ का २२ वर्षीय रविन सदा र मिर्चैया-५ का २० वर्षीय दीपक सदा छन् । खानेपानी संस्थामा सुरक्षार्थ खटिँदै आएका […]

सर्लाहीमा टाउको भेटिएका युवकको शरीर पनि फेला

सामाजिक फीड-जनकपुरधाम, साउन २८ गते । सर्लाहीको हरिवन स्थित खलनदेही खेलामा हत्या गरिएको अवस्थामा टाउको भेटिएका युवकको शरीरको भाग पनि फेला परेको छ । युवकको शरीर शनिवार साँझ लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौरदेखि पूर्वतर्फको जङ्गलमा फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार मात्रै टाउको भेटिएका युवक भारतको सितामाढी मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक […]

सप्तरीका पत्रकारहरु तेस्रो दिन गरे मौन जुलुस प्रदर्शन

सामाजिक फीड- जनकपुरधाम, साउन २७ गते । क्षमायाचना सहित सुचना फिर्ता गर्न माग गर्दै सप्तरीका पत्रकारहरुले आन्दोलन जारी राखेको छ । पत्रकार महासंघ सप्तरीको अगुवाईमा शनिबार (तेस्रो दिन) उनीहरूले निर्धारित कार्यक्रम अनुसार राजविराज नगरपरिक्रमा गर्दै मौन जुलुस प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबार अनुमति बिना कार्यालय परिसर भित्र फोटो, भिडियो खिच्न नपाउने […]

धनुषामा झडप हुँदा दुईजना गम्भीर घाइते, तीन राउण्ड हवाई फायर

सामाजिक फीड-जनकपुरधाम, साउन २१ गते । धनुषामा विद्यालयमा भवन निर्माणको विषयलाई लिएर झडप हुँदा दुईजना गम्भीर घाइते भएका छन् । मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ कोल्हुवा स्थित वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयमा आइतबार झडप भएको हो । भवन निर्माण गुणस्तरहीन भइरहेको र खर्च पारदर्शी नभएको भन्दै आइतवार भएको दुई पक्षीय झडपमा स्थानीय ज्ञानेन्द्र यादव र […]

सर्लाहीको एक विद्यालयमा एक युवकको शव

सामाजिक फीड-जनकपुरधाम, साउन २१ गते । सर्लाहीको मलंगवा स्थित एक विद्यालयमा एक युवकको शव फेला परेको छ । मलंगवा नगरपालिका वडा नं. ९ स्थित श्रीमती कृष्ण देवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवक मृत फेला परेका हुन् । विद्यालय भवनको वरण्डामा आज विहान स्थानीयले शवदेखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेर मुचुल्का […]

महोत्तरीमा मावली आएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु

सामाजिक फीड-जनकपुरधाम, साउन १४ गते । महोत्तरीमा मावली आएका दुई बालिकाको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी र भारतको विहार राज्यको जिल्ला सितामाढीं रामनगर पन पाखर ग्रामको रामभजन मलिक डोमको ५ वर्षीया छोरी अर्चना कुमारीको मृत्यु भएको हो । मावली […]