सामाजिक फीड-
जनकपुरधाम, साउन ३२ गते ।
जनकपुर- ढल्केवर सडक खण्डमा एक युवक मृत फेला परेका छन् । धनुषाको मिथिला नगरपालिका २ विशालबजार स्थित सडकमा अन्दाजी २२ वर्षीय अपरिचित युवकको शव फेला परेको हो ।
आज बिहान गाडीले ठक्कर लागेर टाउको फुटेर मृत्यु भएको जस्तो देखिने अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ । घटना के कसरी भयो भन्ने विषयमा राजमार्गमा लागेको सिसीटसभी फुटेज हेरेर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।